मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्सफर्ड खोपका कारण रगत जमेको कुनै प्रमाण नरहेको दाबी


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 353
    SHARES

२८ फागुन, काठमाडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको स्पष्ट पारेको छ।

खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।

डेनमार्क र नर्वे लगायत कतिपय देशहरूले रगत जम्ने समस्या देखिएको बताउँदै सो खोपको प्रयोग स्थगित गरेपछि युरोपेली युनियनको औषधि नियामक निकायले स्पष्टीकरण दिएको हो।

यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।

तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।

‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्’, युरोपेली मेडिसिन्स एजेन्सीले भनेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)