मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा पुन: लकडाउन गर्न स्वास्थ्य अधिकारीको सुझाव


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 981
    SHARES

४ चैत्र, काठमाडौं । ब्राजिलको सर्वाधिक जनघनत्व भएको राज्य साओ पाउलोका स्वास्थ्य अधिकारीले नयाँ स्वाथ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउने बारे सोच्न सुझाव दिएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा त्यसका कारण हुने मृत्यु लगातार बढ्दै गएका बेला साओ पाउलोका स्वास्थ्य अधिकारीले लकडाउन लगाउनेसम्मको उपायबारे सोच्न नयाँ स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका हुन् ।

मंगलबार ब्राजिलमा कोरोना भाइरसका कारण २८ सय ४१ जनाको ज्यान गएको सरकारी तथ्यांकले जनाएको छ । साओ पाओलोमा मात्रै ६७९ जनाको ज्यान गएको छ ।

ब्राजिलमा विश्वमै अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति कोरोनाका कारण संक्रमित र मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएका मार्सेलो क्वाइरोगाले बुधबार औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् ।

उनी महामारी सुरु भएपछि ब्राजिलमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आउने चौथो व्यक्ति हुन् । उनलाई राष्ट्रपति जायर बोल्सोनारोले सोमबार स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

ब्राजिलमा कोभिड–१९ का कारण दुई लाख ८२ हजार एक सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै एक करोड १६ लाख तीन हजार पाँच सय भन्दा धेरै संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)