मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० प्रतिशतले बढ्यो


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 470
    SHARES

१६ चैत्र, काठमाडौं । मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा धेरैको ज्यान गएको अध्यावधिक तथ्यांकले देखाएको छ ।

अध्यावधिक तथ्यांकले मेक्सिकोलाई कोरोना भाइरसका कारण धेरैको ज्यान जाने देशको सूचिमा दोस्रो स्थानमा लगेको छ । सबैभन्दा धेरै नागरिक कोभिड–१९ का कारण गुमाउने देश अमेरिका हो । अहिलेसम्म कोभिड–१९ का कारण पाँच लाख ४९ हजार तीन सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण तीव्र आलोचना हुँदै आएको छ ।

विपक्षीले उनीमाथि महामारीको गम्भीरतालाई कमजोर ठानेको र अनुरुप काम नगरेको आरोप लगाएका छन् । यस्तै सुस्त गतिको खोप अभियानका लागि पनि राष्ट्रपति लोपेज दोषी रहेको विपक्षीको आरोप छ ।

मेक्सिकोको स्वास्थ्य मन्त्रालयले अध्यावधिक तथ्यांक प्रस्ततु गरेको हो । सन् २०२१ को छैटौँ हप्तासम्मको तथ्यांकमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा यसअघि भनिए भन्दा एक लाख ८२ हजार ३०१ जना थपिएका हुन् ।

अर्थात त्यो समयसम्ममा कुल दुई लाख ९४ हजार २८७ जनाको ज्यान गएको पुष्टि भएको थियो । फेब्रुअरीको मध्ययता थप २६ हजार ७७२ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । यसरी हेर्दा मेक्सिकोमा कोभिड–१९ का कारण कुल तीन लाख २१ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

मेक्सिकोले तीन लाख १२ हजार भन्दा धेरैको ज्यान गएको ब्राजिललाई पछि पारेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)