शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 724
    SHARES

१४ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो । ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेका छन्।

श्रेष्ठका अनुसार अहिले भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन सपोर्टका २५ बिरामी उपचाररत रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर बेदकोटका ४८ वर्षीय पुरुष र गौरीगंगा ५ कैलालीका ३५ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)