बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 775
    SHARES

१५ बैशाख, मोरङ। विराटनगरस्थित नोबेल अस्पतालमा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो ।

त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा निमोनियाको संक्रमण रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)