सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काभ्रेका केही स्थानमा आइतबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 448
    SHARES

काभ्रे,१८ बैशाख

जिल्लामा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि उपत्यकासँग सिमा जोडिएको जिल्ला काभ्रेका केही स्थानमा आइतबार राति १२ बजेबाट लागू हुने गरी निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ६० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ती स्थानमा निषेध आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको सांगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाट सम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा देखि नाला भगवतीसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दायाँ–बायाँ ५ सय मिटर, वीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटर र पाँचखालको जिरोकिलो देखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेधाज्ञा जारी गरिएको छ ।

शनिवार एक बजेसम्म काभ्रेमा सकृय संक्रमितको संख्या चार सय पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रेड जोन’मा राखको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }