शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 660
    SHARES

काठमाडौँ, २७ वैशाख

राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो ।

सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताउनुभयो । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो ।
अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ । उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिनुभयो ।

सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उहाँले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताउनुभयो । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)