शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सबै निजी तथा सामूदायिक अस्पतालमा अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 433
    SHARES

काठमाडौं ,२९ बैशाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेड माथिका सबै निजी तथा सामूदायिक अस्पतालले अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्देशन दिएको छ ।

बुधबार प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजका मितिदेखि १५ दिनभित्र एक सय बेड माथिका सबै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरी सोको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउन आग्रह गरेका हुन्।

पछिल्लो केही समयदेखि अस्पतालहरुमा अक्सिजनको अभाव हुनुका साथै अस्पतालहरुले बिरामीलाई भर्ना नलिने समेत अवस्था आएको हुँदा मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)