बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने नारा ‘खरानीको व्यापार गर्न घर जलाए’ जस्तै : सभापति देउवा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १९, २०७८
  • 951
    SHARES

काठमाडौं , १९ जेठ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारसँग माग गर्नुभएको छ ।

सभापति देउवाले आज विज्ञप्ती जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने नारा ‘खरानीको व्यापार गर्न घर जलाए’ जस्तै भएको टिप्पणी गर्नुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् व्यापार घाटा कम गर्न भन्दै चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासीरनिर्यात खुला गर्ने घोषणा गरेका देउवाले विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध जनाउनुभएको हो ।

उहाँले भन्नुभएको छः
अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ । विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू(क्षय बढेको र समग्रमा पर्यावरणल गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् । विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नितिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो हुगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो । सो निति र निर्णयलाई विस्थापित गर्दै व्यापार घाटा न्यूनीकरण गर्नु भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु खरानीको व्यापार गर्न घर जलाए जस्तो मात्रै हो । निश्चयनै देशले बसौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।

अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)