शुक्रबार, बैशाख २८, २०८१

कोरोना बीमाको दाबी भुक्तानी रोक्दा बीमा क्षेत्रबारे नकारात्मक सन्देश जान्छ


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 285
    SHARES

२५ साउन, काठमाडौं । नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले कोरोना बीमाको दाबी भुक्तानी रोक्दा बीमा क्षेत्रबारे नकारात्मक सन्देश जाने भन्दै सरकारलाई आफ्नो दायित्व अन्तर्गतको रकम तत्काल निकासा गरिदिन आग्रह गरेका छन् । सरकारले आफ्नो दायित्व बापतको झन्डै १० अर्ब रुपैयाँ निकासा नगरिदिँदा साउन १ देखि कोरोना बीमाको दाबी भुक्तानी कम्पनीहरूले रोकेका छन् ।

महासचिव क्षेत्रीका अनुसार कोरोना बीमामा कुल १ अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने दाबी १३ अर्ब १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको परेको छ । त्यसमध्ये हालसम्म करिब ५ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । अब कम्पनीहरूलाई कोरोना बीमाको भुक्तानीका लागि पैसा व्यवस्थापन गर्न समस्या भएकाले सरकारले दिने रकम नआईकन बीमितलाई दिन सक्ने अवस्था नरहेको उनले प्रष्ट पार्नुभयो । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले कुल जनसंख्याको ३३ प्रतिशत जनतामा बीमाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । तर दाबी भुक्तानीमा देखिएको अन्यौलले उक्त लक्ष्यलाई समेत प्रभावित पार्न सक्ने उहाँको बुझाइ छ ।

सरकारलाई दायित्व बापतको रकम तत्काल निकासा गर्न बीमा समिति र कम्पनीहरूबाट पनि पटकपटक पहल भइरहेको जनाइएको छ । बीमितहरूले दाबी भुक्तानीका लागि ताकेता गरिरहेकाले भन्दै उनले कतिपय बीमितले त कम्पनीको शाखा कार्यालय नै बन्द गर्नेसम्मको धम्की दिन थालेको महासचिव क्षेत्रीले बताउनुभयो ।

नेपालमा कोरोना संक्रमण बढ्दै गर्दा २०७७ वैशाख ७ गतेदेखि कोरोना बीमा पोलिसी शुरू गरिएको थियो । गतवर्षको असार मसान्तदेखि यो बीमा पोलिसीको विक्री बन्द भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }