आइतवार, बैशाख २३, २०८१

एक घण्टाभित्र २३ बर्गर खाएर युट्युबरले राखे विश्व किर्तिमान


  • एजेन्सी 
  • बिहिबार, कार्तिक ४, २०७८
  • 278
    SHARES

 काठमाडौं , ४ कात्तिक

बेलायतका एकजना युट्युबेले बर्गर हसुरेर गिनिज बुकमा नाम लेखाएका छन् । लण्डनका बासिन्दा ३४ वर्षीय म्याक्स स्टान्फोर्डले एक घण्टा भन्दा कम समयमा म्याक डोनाल्डका २३ वटा भेगान बर्गर बुत्याए ।

२३ वटा बर्गर खाएको म्याक्स भर्सेस फूड शीर्षकको भिडियो उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । उनले २५ वटा बर्गर खाएर १० हजार क्यालेरी उर्जा प्राप्त गर्ने लक्ष्य राखेको भएपनि २३ वटा मात्र खान सकेका थिए ।

स्टानफोर्डले किर्तिमानी सहित खाएका बर्गर म्याकडोनाल्डका पछिल्ला उत्पादन हुन् । पूर्णरुपमा वनस्पतीजन्य उत्पादनबाट बनाइएको उक्त बर्गरमा भेगान चिज र भेगान स्याण्डविच ससको प्रयोग गरिएको छ। म्याकडोनाल्डले परीक्षणको रुपमा उक्त म्याक प्लान्ट नामक बर्गर उत्पादन सुरु गरेको हो ।

स्नाडफोर्डले भनेका छन्, ‘यो नयाँ बर्गरका बारेमा धेरै चर्चा भयो । र, मैले पनि सधै नयाँ खानेकुराको स्वाद लिने प्रयास गर्दछु ।

आफुले सुरुमा २५ वटा बर्गर खाने लक्ष्य लिएको भएपनि २० औँ बर्गर खान सुरु गर्दाखेरी नै आफुलाई चुनौति कति कठीन छ भन्ने महसुस भैसकेको उनी बताउँछन् ।

५९ मिनेट ४५ सेकेण्डमा उनले २३ वटा बर्गर खाएर सिध्याएका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }