शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी टी–ट्वान्टीअन्तर्गत आज दुई खेल हुँदै


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 405
    SHARES

१२ कात्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शुक्रबार) दुई खेलहरु हुँदैछन् । सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दुबै टिम आज पहिलो जितको खोजीमा हुनेछन् । दुबै टोली अघिल्ला दुई खेलमा पराजित भएका थिए ।
समूह १ मा रहेको वेस्ट इन्डिज अंक विहीन रहदै पुछारमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ ।

आजै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ भने अफगानिस्तान दोस्रो जितको खोजीमा हुनेछ ।

पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । यस्तै अफगानिस्तान १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)