५ मङ्सिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ एफसीविरुद्ध ब्रिगेड ब्वाइज क्लब जित निकालेको छ ।
आज भएको खेलमा एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे भने सुरज गुरुङले एक गोल गरेका थिए । त्यस्तै एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काएका थिए ।
जितसँगै ब्रिगेडले ३ अंक जोडेको छ ।
