शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगमा आज पनि दुई खेल हुने


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 251
    SHARES

काठमाडौँ, ६ मङ्सिर

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी दोस्रो खेल मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुँदैछ । पहिलो खेल दिनको एक बजे र दोस्रो खेल अपरान्ह ४.४५ बजे खेलिने कार्यक्रम रहेको छ ।

हिजो सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

खेलमा २-२ गोलको बराबरी अवस्थामा इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३-२ को जित सुनिश्चित गराए । खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर भए ।

जितसँगै ब्रिगेडले महत्वपूर्ण ३ अंक जोड्न सफल हुदा एपीएफले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)