शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिग : विभागीय टोली बराबरीमा, मछिन्द्रको विजयी सुरुआत


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 702
    SHARES

काठमाडौं ,६ मङ्सिर

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २–१ को जित निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थिाये ।

५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि–किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे ।

कप्तान सुनिलको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)