शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी महिला छनौटअन्तर्गत आज नेपाल र कुवेत भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ९, २०७८
  • 328
    SHARES

९ मङ्सिर, काठमाडौं । आईसीसी वुमन्स टी-ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ।

दुबईको आइसीसी एकेडेमी ग्राउन्डमा आज बिहान ११.१५ बजेबाट सुरु भएको खेलमा कुवेतले टस जितेर ब्याटिङ गर्ने निधो गरेको थियो।

अहिलेसम्म १० ओभर सकिँदा कुवेतले ४ विकेटको क्षतिमा जम्मा २४ रन मात्र जोडेको छ ।

नेपालले आज पनि रनरेटलाई माथि राख्नका लागि कुवेतमाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपाल महिला टी-ट्‍वान्टीको बरियतामा १६औं स्थानमा छ भने कुवेत ३७औं स्थानमा रहेको छ ।

गत मंगलबार सम्पन्न खेलमा नेपालले आठ विकेटले भुटानलाई पराजित गर्नु र यता हङकङ युएईसँग हार्नुले नेपालको ग्लोबल छनौटको आशा जिवितै छ ।

आजको खेलपछि नेपालले अब भोलि मलेसियासँग र १२ गते युएईसँग खेल्नेछ । यी सबै बाँकी खेलहरुमा नेपालले राम्रोसँग जित निकाल्न सकेको खण्डमा नेपाल ग्लोबल छनौटमा पर्ने सम्भावना रहन्छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)