९ मङ्सिर, काठमाडौं । महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको हो । २८ रनको सानो लक्ष्य नेपालले मात्र ३ दशमलव ३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो ।
नेपालका इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा २७ रनमा अलआउट भएको थियो । कुवेतका लागि प्रियादा मुराली बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका संगीता राई र कप्तान रुविना क्षेत्रीले तीन–तीन विकेट लिए भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीको नाममा एक–एक विकेट रह्यो । जीतसँगै नेपालको छनोटको सम्भावना कायमै छ ।
