१० मङ्सिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना बोर्ड सदस्यहरु नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेको हो ।
नियुक्त पाउने हरुमा लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, मोहमद फाजिल, प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगर हुनुहुन्छ। उहाँहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नियुक्त गर्नुभएको हो।
नवनियुक्त बोर्ड सदस्यले शुक्रबार नै पद तथा गोपनियताको सपथ पनि लिईसक्नुभएको छ।
