शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आफिजको हेड गोलमा मनाङको जित


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ११, २०७८
  • 292
    SHARES

११ मङ्सिर, काठमाडौं । ए डिभिजन लिगअन्तर्गत भएको खेलमा मनाङ मर्स्याङ्दी बिजयी भएको छ। शनिबार दशरथ रंगाशालामा भएको दोश्रो खेलमा मनाङले हिमालयन शेर्पासँग १-०गोलको जीत निकालेको हो।

रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नु परेको थियो । विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन ।

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।

जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ ।

भोलि हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दशरथ रंगशालमा हुने उक्त खेल साँझ ४ः ४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)