१५ मङ्सिर, काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मंगलबार शाहीले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएकोमा उहाँले आज विश्वासको मत पाउनुभएको हो।
२२ जना प्रदेशसभा सदस्य उपस्थित रहनुभएकोमध्ये उहाँको पक्षमा २२ मत नै खसेको थियो। बैठकमा एमालेका प्रदेशसभा सदस्य भने उपस्थित थिएनन।
उहाँले नेकपा (माओवादी केन्द्र)को १२, नेपाली कांग्रेसको ६ एकीकृत समाजवादीको २ र राप्रपाको १ मत पाउनुभएको छ।
