शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन ६ बोर्ड सदस्यको माग


  • माउन्टेन खबर
  • बुधबार, पुस ७, २०७८
  • 537
    SHARES

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले खेलाडीमाथिको कारबाही फिर्ता लिन माग गरेका हुन् ।

सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “नेपाललाई एकदिवसीयय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीहरूलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरिएको छ, यसको हामी घोर भत्सर्ना गर्दछौँ,”

खेलाडीहरुले वर्गीकरणमा असहमति जनाएपछि उनीहरुसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)