शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेन्ट्रल जोन महिला भलिबलमा नेपालद्वारा माल्दिभ्स पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ९, २०७८
  • 472
    SHARES

९ पुस, काठमाडौं । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ ।

बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । नेपाले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो ।

यसअघि हिजो भएको पहिलो खेलमा भने नेपालले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो । लगातार दोस्रो जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपाली महिला टोलीले भोलि आयोजक बङ्गलादेशसँग खेल्नेछ । महिलातर्फको खेलमा विभिन्न छ राष्ट्र सहभागी छन् । जसमा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविनका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी पुरुषतर्फको खेलमा नेपालले आज नै उज्वेकिस्तानसँग खेल्दैछ । खेल साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा आयोजक बङ्गलादेशसँग पराजित भएको नेपाल उज्वेकिस्तानलाई भने पराजित गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

पुरुषतर्फको खेलमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक बङ्गलादेशसहित, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)