शनिबार, साउन २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २३, २०७८
  • 450
    SHARES

२३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शक्तिले सामाजिक संजालमार्फत सम्वोधन गर्र्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्थानीय शक्तिले जिल्लालाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने लक्ष्य लिएको बताएका छन् । उनले भनेका छन्, ‘क्रिकेट खेल र खेलाडीको निमित्त नयाँ सोच, नयाँ भिजनका साथ रुपन्देहीलाई क्रिकेटमा उत्कृष्ट बनाउने लक्ष्य लिएर रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिंदैछु ।’

भैरहवामा एकेडेमीसमेत चलाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा शक्तिले कतिपय खेलमा महत्वपूर्ण भूमिका निभाउँदै टिमलाई जिताएका थिए ।

सन् २००१ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा (यू–१७) खेलेका शक्तिले सन् २०१८ मा संन्यास लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)