शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, माघ २३, २०७८
  • 582
    SHARES

२३ माघ, जुम्ला । जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ ।यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँकै पाटनमा सेतक चिनी ९खिरौंला० कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो ।

“पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भन्नुभयो, “गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।” सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)