काठमाडौँ, १९ चैत ।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको छ ।
मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली अप्रिल७, २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्नहुने पाटा नेपाल च्याप्टरले जनाएको छ ।
उक्त कार्यक्रम अन्तर्गत काठमाडौँमा ‘फाइनडाइनिङ्ग’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’विषयमा कार्यक्रम र बर्दियामा थारु संस्कृति तथा खाना सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सहित मास्टरशेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्तालगाउन वाइल्ड स्पाइसेस हंटिङ्ग कार्यक्रमआयोजना गरिनेछ ।
त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानीपोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धन काकार्यक्रम समेत रहेको छ । मास्टर सेफहरुले अप्रिल ११ मा काठमाडौँमाआयोजनाहुने पाटा नेपालको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन् ।
पाटा नेपाल द्धारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमानबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएचग्रुपअफहोटेन्स्, कम्युनिटी होमस्टे, सिद्धार्थ विजनेस ग्रुपअफ हस्पिटालिटी, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउण्ड एडभेन्चरले समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन् ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतीचन्द ठाकुरले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुलाई नेपाल भ्रमण गराई उनीहरु मार्फत गन्तव्यको प्रचार प्रसार तथा मौलिकखाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्धारा गरिएको यस पहलले महामारी पछिको पर्यटन पुनरुत्थानअभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
