बिलौना
ए बादल न आउ
जिस्काउन मलाई,
मैले बिर्सेको छुईन त्यो
पिडा दरकने पानिले छिचोलेको !!
कैले अङ्गाल्न आउँछौं मलाई,
कहिले माथी आकाशमा उडी जान्छौ
उडन न सक्दा बर्षा बनि ममा नै समाहित हुन्छौ!
मैले न देख्ने गरि माथी तिरै
कहिले बाफ बनि उडी जान्छौं
कहाँ बाच्न दिन्छन् ति निरदयिहरूले!
लखेट्छन् दुतकारछन् ,गुहार मांग्दै हिंडछौ!
जे गर्दा पनि केहि सिप चल्दैन नि तिम्रो
फेरी म कहाँ लखतरान भई फरकन्छौं !
टांसिन पुगछौ उतै तिर, कैले पनि त चेतदैनौ
हुरी बतास सित हाते मालो पनि मिलाएको हो ,
अर्काको माया जालमा पनि फंसेकै त हो,
घर न थर बनाई दिएकै हो ,
उता टासिंदा के पायौ तिमीले बादल?
बरू घरमै बसेर बन साङ्गलेलाई खेद्ने गर,
मेरो कोख रित्तिन लागेको छ,
मेरो सन्तानको सम्पति खोसिन्दै छ,
मेरो बालखाहरु कङ्गाल बन्ने सङ्घारमा छन्
अदृश्य शक्तिको छाप छाप्ति छ,
सनै सनै मेरो किप्पट् खोसिन्दै छ!
मेरा गहनाहरु एक एक गरि जल्दै छन,
मेरा लालाबाला लाई लखेट्दै लखेट्दै
तराई पुराई सकेका छन् !
बांदर बनेल र चितुवाको रगरग्ति छ,
बनेलले मलाई उधिनी उधिनी छिया छिया पार्छ
लुकाई राखेका कन्दमुल सबै सकाप पार्छ ,
बांदरले अलैंची चिथोर्छ जहिले!
म लमतन्न बनी हेर्न मात्रै सक्छु,
म रोई रहेको देख्दैनौ बादल ?
त्यै खोल्चाबाट तिमी मलाई स्पर्ष गर्दै उक्कालिन्छौ !
एक दिन मेरो मुटू कलेजो हाड छाला काडेर
मिलाई मिलाई अर्कालाई टासने छन् !
मेरो व्यथा मेरो क्रन्दन तिमीले !
मेरो बिलौना तब मात्र बुझ्ने छौं बादल !
मेरो बिलौना तब मात्र बुझ्ने छौं बादल !
तर…..
-ललिता जोशी क्षेत्री
भारत