आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ : मेयर बालेन साह


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ३, २०८०
  • 91
    SHARES

काठमाडौं। काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले खुलामञ्च खुल्ला नै रहने जनाउनु भएको छ ।

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउन लागेको भनेर बिरोध भएपछि महानगरप्रमुख साहले सामाजिक संञ्जालमा स्पष्टिकरण दिनु भएको हो ।

उहाँले ती बिषय गलत हुदाँ हुदै पनि महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दु खद भएको जनाउनु भएको छ ।

उहाँले आममानिसमा भ्रम श्रृजना गरेको भन्दै आफुहरुको चाहना खुलामञ्च सँधै खुल्लै हुनु पर्ने र त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा सचेत रहेका जनाउनु भएको छ ।

 

 

उहाँले लेख्नु भएको छ –

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।

हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनु पर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।

खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा :

– बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,

– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,

– बच्चाहरू खेल्न पाउन्,

– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,

– प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् ।

यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ ।

तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।

यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।

खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।

यी बिषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने ‘बर्बरिक सिन्ड्रोम’ बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।

हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }