बुधबार, बैशाख २६, २०८१

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 83
    SHARES

काठमाडौं । दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित र प्रभावकारी रहेकाले आ-आफ्नो बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको जानकारी दिनुभयो । दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपलाई डब्लुएचओले गुणस्तरययुक्त भनी प्रमाणित गरेको र औषधि व्यवस्था विभागले मान्यता दिएको बताउनुभयो ।

उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि नआत्तिन आग्रह गर्नुभयो । खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली पनि गठन गरिएको छ ।

भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइदैछ ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा-रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }