बुधबार, बैशाख २६, २०८१

सिंखडाको उपचारका लागि रु ११ लाख आर्थिक सहयोग


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 59
    SHARES

काठमाडौँ, १३ फागुन । निमोनियाका कारण लामो समयदेखि उपचाररत धादिङका पर्यटन व्यवसायी विनोद सिंखडाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

लायन्स क्लब अफ नेपाल एभरेष्टले अगुवाईमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिबाट सङ्कलित रकम विगत एक महिनादेखि काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत सिंखडालाई रु ११ लाख १९ हजार ३६० नगद हस्तान्तरण गरिएको हो ।

उक्त रकम पर्यटन व्यवसायी तथा लायन्स क्लब अफ नेपाल एभरेष्टका निवर्तमान अध्यक्ष रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी शान्तकुमार बानियाँ, टानका महासचिव एवम् लायन्स क्लब अफ नेपाल एभरेष्टका सदस्य विनोद सापकोटा, पर्यटन व्यवसायी विष्णुप्रसाद लम्साल, गोकुल केसी र बाबुराम कार्कीको पहलमा सङ्कलन गरिएको थियो ।

विभिन्न क्षेत्रका १८१ व्यक्तिबाट सङ्कलन गरिएको उक्त रकम विरामीका बुबा हस्तबहादुर सिंखडालाई हस्तान्तरण गरिएको छ । रकम बुझ्दै विरामीका बुबाले आफ्नो छोराको उपचारका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

मिसन माउण्टेन ट्राभल्स एण्ड टुर्सका सञ्चालक समेत रहनुभएका विरामी सिंखडाको उपचारका लागि हालसम्म रु १८ लाखभन्दा बढी रकम खर्च भइसकेको परिवारजनले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }