बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेलको जेन स्पामा निःशुल्क दन्तपरिक्षण, ६३ जनाले लिए सेवा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 399
    SHARES

काठमाडौँ, १७ फागुन । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा निःशुल्क दन्त परिक्षण सञ्चालन गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ चाक्सीवारीस्थित जेन स्पा सेन्टरमा विदेशी डाक्टरद्धारा निःशुल्क दन्त परिक्षण गरिएको हो ।

सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुका दन्त विभाग प्रमुखसमेत रहनुभएकी जर्मनी डाक्टर साइवेली केलरले दन्त परिक्षण गर्नुभएको हो । उक्त कार्यक्रममा ६३ जनाले दन्त परिक्षण गर्नुभएको जेन स्पाका सञ्चालक रामदेव महतोले जानकारी दिनुभयो ।

सञ्चालक महतोका अनुसार संस्थाको सार्वजनिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा ठमेल क्षेत्रका पर्यटन व्यवसायी जेन स्पामा कार्यरत सञ्चालक, कर्मचारी साथै सेवाग्राहीले दन्तपरिक्षणको सेवा लिनुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)