शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सल्लाहकार लामाको साहित्यिक कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन हुदैँ


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २८, २०८०
  • 91
    SHARES

 

काठमाडौँ, २८ फागुन । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित ‘स्मृतिका बिम्बहरू’ विमोचन हुने भएको छ ।

 

लामो  समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशिल अविनाशीद्धारा लिखित उक्त कृतिको आज उडल्याण्ड होटल दरबारमार्गमा आयोजित कार्यक्रममा प्राडा खगेन्द्रप्रसाद लुईँटेलले विमोचन गर्दै हुनुहुन्छ ।

 

यसअघि ‘पिल्सीएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसक्नुभएका साहित्यकार अविनाशीको आज विमोचन गरिने तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक र घोचक संस्मरण संग्रहित छन् ।

 

साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी ,काठमाडौँ शहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री,आफु गयौ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली,  क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरका म्यूजिक भिडियो बजारमा आइसकेका छन्।

साहित्यकार लामाले डा. एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गर्नुभएको छ ।

साहित्यकार लामा माउण्टेन खवर डटकमका सल्लाहकार हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }