शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रश्न (लघुकथा )


  • गाेपीराम भण्डारी 'बटुवा'
  • बिहिबार, चैत्र १, २०८०
  • 145
    SHARES

प्रश्न (लघुकथा )

पृथ्वी बाहेक जैविक अस्तित्व भएका अन्य पिण्ड,ग्रह,उपग्रह आदिको खोजीमा वैज्ञानिकहरु निरन्तर जुटिरहेका थिए । खास्सै उपलब्धि नहुँदा थकित वैज्ञानिकहरुले टेलिस्कोपले हेर्दाहेर्दै आकासगंगामा एक्कासी नौलो डल्लो देखे । धरा जस्तै नयाँडल्लो देख्ने सम्पूर्ण चकित भए । उनीहरु आ-आफ्ना उपकरण एबं टेलिस्कोप मार्फत अवलोकनमा तल्लिन भए। नयाँ डल्लो अवलोकन गर्दा धर्तीभन्दा फरक पाएनन् । त्यहाँका जलचर,थलचर सारा प्राणी पृथ्वीका जस्तै थिए । धेरैजसो विशेषता पृथ्वीसँग मेल खाएकोले त्यो डल्लोको नाम नयाँ धरा दिन सहमत भए ।

नयाँ धराको नयाँ सिराबाट सुक्ष्म अध्ययन आरम्भ भयो । हेर्दा ठ्याक्कै मिलेपनि अध्ययनबाट बृहत्तर अन्तर देखियो । त्यहाँको थिति, विधि,पद्घति,संस्कृति,संस्कार,प्रवृत्ति,प्रकृति र जीवनचक्र नौलो थियो । बास,गास,सहवास र सुवासमा निश्चितता थियो । जन्म र मृत्युमा पनि निश्चितता रहेछ । कर्म र धर्म निर्वाहहका लागि उमेर अनुसारको विधी निर्धारण गरिएको रहेछ । जैविक धर्म अनुसार प्राकृतिक समागमका स्थान निर्धारित रहेछन । पिर्कासरी कर्मका धर्म उनीएर एक पछि अर्कोगरी क्रमशः सर्दै जीवनचक्र चल्दो रहेछ । मृत्युको पनि निश्चित प्रकृया रहेछ । जन्मको कर्म निर्वाह गरेपछि स्वयं स्वचालित बटन थिचेर स्वयंले मृत्युबरण गर्दा अर्को कुनामा नयाँ स्वरुपमा बच्चा जन्मदो रहेछ । त्यस्तो बेतोडको तालमेल हरेक प्राणीमा रहेछ । प्राणीहरुका प्राकृतिक प्रकृया र पद्घति देखेर प्रमुख वैज्ञानिकको मस्तिष्कमा एउटा प्रश्न जन्मियो,के हाम्रो पृथ्वीका प्राणीमा पनि यस्तै चेत होला ? भिन्नताको मुख्य तत्त्व के हो ? प्रकृतिको प्राकृतिकता कुन हाे ?

यही प्रश्नको उत्तर खोज्न मुख्यवैज्ञानिक सहयोगी वैज्ञानिकहरूको सहयोग लिएर अध्ययनका लागि एउटा यान तयार पारे । उक्त यानको नामसमेत नयाँधरा राखी प्रक्षेपण गरे । प्रक्षेपण गरेको केहीसमय पश्चात केही तथ्यको आशा गरिएको थियो तर नयाँधरा नामक यानसँगको सम्पर्क बिच्क्षेद भयो । हतार हतार सम्पर्क स्थापित गर्न कोशिस गर्दै टेलिस्कोपद्वारा नयाँधरा नामक डल्लोलाई नियाले । अपशोस नयाँधरा नामक मानव निर्मित यान र आकासगंगामा देखिएको नयाँधरा नामक डल्लो दुबै आकास गंगामै हराए । बाँकी थिए त केवल अनुत्तरित प्रश्नहरु !

-गाेपीराम भण्डारी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }