शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘सूर्तीजन्य पदार्थको सेवनले मुखको क्यान्सर देखिन थालेको छ’


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ७, २०८०
  • 268
    SHARES

डा अमित खनाल
दन्तरोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

आज मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवस । नेपालसहित २२३ देशमा आज मुख स्वास्थ्य दिवस मनाईँदै छ । दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । नेपाललगायत विश्वका विकासोन्मुख देशमा लापरबाहीका कारण दाँतको समस्या देखिने गरेको पाईन्छ । नियमित ब्रस नगर्ने, खाएपछि कुला नगर्ने दाँत र जंकफुड खानाले दाँता तथा गिजाको रोग बढी लाग्ने गरेको पाईन्छ ।

सूर्तीजन्य पदार्थको सेवनका कारण पछिल्लो समय मुखमा क्यान्सर देखिन थालेको छ । मानिसले जथाभावी रुपमा चुरोट, गुड्खा, सुर्ती, खैनीलगायतका निकोटिन पदार्थको सेवन गर्दा उक्त समस्या देखिन थालेको हो । विश्वमा सन् २००७ देखि विश्व मुख स्वास्थ्य दिवस मनाउन थालिएको हो । नेपालसहित विकासोन्मुख देशमा दाँतको उपचार अन्य मुलुकको तुलनामा महङ्गो हुनाले मुखको स्वास्थ्यमा ध्यान नदिएको पाईन्छ । मुखको स्वास्थ्यमा जति कम ध्यान दियो त्यती नै बढी जटिल समस्या निम्तिने खतरा बढ्न जान्छ । समयमा नै मुखमा हुने समस्याको उपचार गर्न सके भयावह रुप हुन पाउँदैन ।

पछिल्लो समयमा ग्राण्डी अस्पतालमा आउने विरामीमध्ये अधिकाशं विरामी दाँतको किरा लागेको कारणले आउने गरेका छन् । दाँतको किरा लाग्ने र गिजा पाक्ने मुखको प्रमुख समस्या हो । अस्पतालमा मुखको समस्याका कारण आउने अधिकाशं बालबालिकामा दाँत किरा लागेको भेटिने गर्दछ । कुल विरामीमध्ये ९० प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिने गरेको हो ।

दाँत किराले खान नदिन आमाबाबुले ध्यान दिन जरुरी

डा खनालले बालबालिकामा दाँत किराले खाने समस्या आउन नदिन आमाबाबुले आफ्ना बालबालिकालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय दाँतको उपचारका लागि अस्पताल तथा क्लिनिकहरु सञ्चालनमा आएका छन् । उक्त राम्रो कुरा हो । डेन्टल डाक्टरहरु शहरकेन्द्रीत हुँदा ग्रामीण क्षेत्रमा भने दाँतको उपचारको पहुँच पुगेको देखिँदैन ।

हाल देशमा तीन हजारभन्दा बढी डेन्टल डाक्टरहरु छन् । यस्तै १५ विभिन्न कलेजहरु छन् । प्रत्येक कलेजबाट वार्षिक ५० भन्दा बढी डेन्टिस उत्पादन हुँदै आएका छन् । सरकारी तथा निजी अस्पतालमा दाँतको उपचारका लागि छुटै विभाग स्थापना गरेर अगाडि बढ्न जरुरी छ । सरकारले डेन्टल सेवासम्बन्धी स्पष्ट नीति ल्याउन जरुरी रहेको डा खनाल बताउनुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }