शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कान्तिपुर डेन्टल अस्पताल बसुन्धराले मनायो विश्व मुख स्वास्थ्य दिवस


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ७, २०८०
  • 239
    SHARES

काठमाडौँ । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुधबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

विहान ८ बजे अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरीमा विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो । सहभागी विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्यबारे जानकारी दिने व्यानर तथा प्लेकार्ड बोकेका थिए ।

‘अहिले पनि मुख स्वास्थ्यको महत्वबारेमा धेरैलाई थाहा छैन । मुख स्वास्थ्यमा ध्यान नदिदा कतिपय व्यक्तिहरु ठूला रोगहरुको चपेटामा पर्ने गरेका छन् ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आज हामीले आम जनमानसलाई यसबारे सचेतना फैलाउने उदेश्यले प्रभातफेरीको आयोजना गरेका हौँ,’ केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवस संसार भर मनाइएको छ । यसबर्षको नारा ‘ह्याप्पी माउथ इज ह्याप्पी बडी’ राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }