आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठालाई चाँडै समायोजन गर्छौंः पर्यटनमन्त्री तामाङ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 34
    SHARES

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले नाथम जस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्ने भन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले एक आपसमा समायोजन गरेर जाने बताउनु भयो । उहाँले समायोजन गर्ने निर्णय कार्यान्वयन गर्ने मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार पारेको भन्दै उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने प्रतिवद्धता जनाउनु भयो । मन्त्री तामाङले दुई संस्था बीचको समायोजनले नयाँ खालको उत्साहित वातावरण बनाउने बताउनु भयो । उहाँले नाथम गठन आदेशबाट निर्माण भएको भन्दै संस्थालाई व्यवस्थित बनाउन आवश्यक ऐन बनाउनेतर्फ मन्त्रालयले तयारी गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय चाँडै नै यस सम्बन्धित ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले ऐन बनेसँगै नाथमको गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु हट्ने बताउनु भयो । उहाँले दुई संस्थाबीचको समायोजनबाट पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने, दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान पु¥याउने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आगामी दिनमा टिचिङ होटलहरु सञ्चालन गर्ने, सिप सिक्ने र कमाउने योजना बनाएको छ । मुलुकको आवश्यकतालाई परिपूर्ति गर्ने महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । नाथप महत्वपूर्ण उपलब्धीहरु हासिल गरेर प्रतिष्ठित संस्थाको रुपमा विकास भइरहेको छ । नाथम जस्तै प्रकृतिको काम गर्ने नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठान बीच एक आपसमा समायोजन गरेर जाने सरकारको निर्णय अनुसार मन्त्रालयले गठन गरेको कार्यदलले सञ्चालन मोडालिटी कस्तो कस्तो बनाउने भन्ने जिम्मेवारी दिएको थियो । त्यसले प्रतिवेदन पनि तयार पारेको छ । त्यसलाई अन्तिम रुप दिन मात्रै बाँकी छ । यसले अर्को नयाँ खालको उत्साहित र वातावरण बनाउनेछ भन्ने लागेको छ । गठन आदेशबाट निर्माण भएको यो संस्था अहिलेसम्म आवश्यक ऐन समेत बनाउन सकेको छैनौं । ऐन बनाउनेतर्फ मन्त्रालयले ध्यान दिएको छ । हामी चाँडै यो ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा छौं । ऐन बनेसँगै नाथमको गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु खडा भइरहेका छन् । त्यो बाटो खुल्नेछ । दुई संस्थाबीचको समायोजनबाट पर्यटन क्षेत्रमा अहिलेसम्म पु¥याएको योगदान भन्दा बढी पु¥याउनेछ । पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान पु¥याउने अपेक्षा रहेको छ । पर्यटन बोर्डको अभिभावक नहुँदा पर्यटन क्षेत्रमा काम हुन नसकेको गुनासो आएको छ । सरकारले चाँडै पर्यटन बोर्डको बोर्ड कमिटी बनाएर प्रमुख कार्यकारी नियुक्ति गर्ने प्रक्रियामा रहेका छौं । त्यो विषयमा मन्त्रालय गम्भिर छ ।’

 

उहाँले पर्यटन बोर्डको प्रमुख कार्यकारी चाँडै नियुक्त हुने पनि बताउनु भयो । उहाँले सिइओ छनोट अन्तिम चरणमा रहेकाले केही दिनमा नै पर्यटन बोर्डले नेतृत्व पाउने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }