सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीज पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ : सांसद आचार्य


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २१, २०८१
  • 184
    SHARES

रसुवा । काँग्रेस केन्द्रिय सदस्य एवं सांसद  ईन्जिनियर मोहन आचार्यले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने हरितालिका (तीज) पर्वले  पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ ।

तीजको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै  उहाँले  “तीज पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजाआराधना गरी व्रत बस्ने प्रचलन रहेको उल्लेख गर्नुभएको छ । हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको भन्पदै उहाँले रापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रुपमा यो चाड मनाउँदै आइरहेको बताउनु भएको छ।

उहाँले तीज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)