काठमाडौं – ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटन अस्पताल पठाएको स्थानीयले बताएका छन् ।
खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् ।
ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।
