आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु


  • सुशील कोइराला
  • शनिबार, जेष्ठ २५, २०८२
  • 316
    SHARES

 रसुवा –  रसुवाको गोसाईंकुण्ड गाउँपालिका चार लाङटाङको क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु भएको छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा आज बिहान सुरु भएको हो ।

पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तव्य रहेको लाङटाङ क्षेत्रको साहसिक पर्यटकीय गन्तव्यका रूपमा यसको अन्तर्राष्ट्रिय बजारमा प्रचुर संम्भाबनाको बारेमा प्रचारप्रसार एवं बजारीकरण गर्दै पर्यटन प्रर्बद्वनमा टेवा पुर्‍याउने उद्वेश्यका साथ दौड आयोजना गरिएको  साझा संस्था रसुवा नुवाकोट पर्यटन समाजका सदस्य गगनराज न्यौपानेले  जानकारी दिनुभयो ।

दौड प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी साठी जनाको सहभागिता रहेको छ ।

दौड प्रतितायामा प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः एक लाख,द्वितीयलाई पच्चहतर हजार र तृतीयलाई पच्चीस हजार रहेको छ भने चौथो र पाँचौँ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार पाउने छन् ।

क्याङ्जेन देखि स्याफ्रुबेँसी सम्म ३२ किमी दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुबैलाई समान पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)