आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड


  • माउन्टेन खबर
  • आइतवार, असार २९, २०८२
  • 232
    SHARES

काठमाडौँ –  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा रसुवाबाट प्रतिनिधिसभा सांसद मोहन आचार्यले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुनःस्थापनामा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बाढीको घटना भएको सातादिन बित्न लाग्दा पनि बेपत्ताको खोजी तीव्र रूपमा अगाडि बढाउन नसकेको भन्दै यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

बैठकको विशेष समयमा सांसद मोहन आचार्यले बाढीका कारण ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना नष्ट भएको, मितेरी पुल बगाएको, नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएको, एक सयभन्दा बढी विद्युतीय सवारीसाधन बाढीसँगै बगेको उल्लेख गर्दै उद्धार, खोज तथा पुनःनिर्माण छिटो गर्न सुझाव दिनुभयो ।

“नदी क्षेत्रमा धेरै संरचनाहरू बन्दा अहिले हामीले धेरै क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोप आउँछ भन्ने अनुमान लगाएर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ”, सांसद आचार्याले भन्नुभयो, । जलवायु परिवर्तनले ल्याउनसक्ने जोखिमलाई ख्याल गर्दै अब हामीले अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”

“हवाई उद्धारका कुरामा प्रक्रियागत झण्झट धेरै भए यसलाई सरलीकृत गरी घटना घटेको १० १५ मिनेट भित्रैमा हवाई उद्धार गर्न सक्ने गरी प्रक्रियालाई सरलीकृत गर्न समेत सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

“विद्युत्मा र सडक पूर्वाधारमा क्षति पुगेको छ । त्यहाँका बस्ती असुरक्षित छन्”, उहाँले भन्नुभयो, “मितेरी पुल तत्काल निर्माण गर्नुपर्छ । चीनतर्फ फसेर बसेका मालवाहक बस र नागरिकको उद्धार गर्नु तत्काल पहल थाल्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो  ।”

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)