शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाकामा बेलिब्रिज निर्माण सुरु


  • माउन्टेन खबर
  • बिहिबार, साउन ९, २०८२
  • 464
    SHARES

रसुवा – नेपाल र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चीनको सहयोगमा मितेरी पुल निर्माणको काम सुरु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रसुवागढी नाकामा बेलिब्रिज निर्माणका लागि चीनीयाँ पक्षले आबस्यक प्रकृया अगाडि बढाएको जानकारी गराएको बताउनुभयो ।

गत असार २४ गते लेन्देखोलामा आएको बाढीले पक्की पुल बगाएसँगै हाल अस्थायी रुपमा संन्चालनमा ल्याउने गरि बेलिबृज निमार्ण गर्न लागिएको हो ।

चिनियाँ टोलीले निर्माणको कामलाई तीव्रता दिने र आगामी भदौ ३० गते सम्ममा रसुवागढी नाकामा पुल निर्माण भइ संन्चालनमा आउने जानकारी चीनियाँ पक्षले गराएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

चीन सरकारकै सहयोगमा रसुवागढी स्याफ्रुबेसी सडक निमार्ण गर्दा २०७६ जेठमा निमार्ण सम्पन्न गरि सञ्चालनमा आएको उक्त पुल गत असार २४ गते लेन्देखोलामा आएको बाढीले बगाएसँगै दुई देश बीचको सडक सञ्जाल टुटेको छ ।

यसैबीच रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)