शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री लामाद्वारा चार मन्त्रीको पदमुक्त


  • माउन्टेन खबर
  • शनिबार, साउन ११, २०८२
  • 218
    SHARES

बागमती-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्नुहुँदै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चार जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराउनुभएको छ ।

चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाउनुभएको थियो । उहाँहरू चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुनुभएको थियो । राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरुद्ध शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)