शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश : मन्त्री खड्काले दिए पदबाट राजीनामा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १४, २०८२
  • 409
    SHARES

हेटौडा – बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा मगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा “विभिन्न कारणले आफूले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको” जनाइएको छ । खड्काले आफूले जिम्मेवारी सम्हाल्दै आएको अवधिमा सधैं निष्ठापूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्नुभएको छ ।

पदबाट राजीनामा दिएर सांसद खड्काले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेकाे बताउनुभयो ।

यस अघि बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिनुभएको थियो । संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिएको राजिनामा मुख्यमन्त्री लामाले स्वीकृत नगरि पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)