शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए पद तथा गोपनीयताको शपथ


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २१, २०८२
  • 129
    SHARES

मकवानपुर – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मङ्गलवार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नुभएको छ ।

मुख्यमन्त्री बानियाँसँगै नेकपा एमालेका ६ जना र नेपाली काँगेसका २ गरी ८ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

 

नेकपा एमालेबाट भौतिक तथा पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठ र स्वास्थ्य मन्त्री किरण थापामगर रहनु भएको छ । थापा सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिनुभएको हो ।

यस्तै नेपाली काँग्रेसबाट कृष्ण बहादुर तामाङ खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री बन्नु भएको छ ।

काँग्रेसबाट नै मन्त्री बन्नु भएका शिवराज अधिकारी को मन्त्रालयको टुंगो भने केही दिनमा गरिने बताइएको छ ।

काँग्रेसको भागमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय रहेका छन् ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेको भागमा ६ वटा र नेपाली काँग्रेसको भागमा मुख्यमन्त्री सहित ८ मन्त्रालय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)