बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मतदाताको शीर नझुक्ने गरी स्थानिय तथा राष्ट्रिय हीतको मुद्दामा केन्द्रीत हुनेछु – उम्मेदवार आचार्य


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ९, २०८२
  • 846
    SHARES

 

रसुवा –  प्रतिनिधिसभाका रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार इन्जियर मोहन आचार्यले मतदाताको शीर नझुक्ने गरी  स्थानिय तथा राष्ट्रिय हीतको मुद्दामा केन्द्रीत हुने वताए ।

निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य समेत रहेका आचार्यले आर्थिक समृद्धिको नेतृत्व नेपाली काँग्रेसले गर्ने वताए।

नेपाली काँग्रेसले थुप्रै परिवर्तनको नेतृत्व गरेको भन्दै नेता आचार्यले, “राजनीतिक नेतृत्वको परिर्वतन गर्यो । शान्ति स्थापनाको नेतृत्व गर्यो । संविधान निर्माणको काम गर्यो । अहिले युवाले उठाएका आर्थिक समृद्धिका जुन माग छ त्यो पनि नेपाली काँग्रेसले पुरा गर्ने वताए ।”

आर्थिक समृद्धिका लागि नेपालमा सबैभन्दा बढी सम्भावना भएका क्षेत्र कृषि, पर्यटन, जलस्रोत र प्रविधि भएको नेता आचार्यले वताए । उनले भने, “यी सबै कुराहरुलाई जोड्न र देशमा रोजगारीको अवस्था सिर्जना गर्न गाउँमा रहेका मानिसहरुलाई आर्थिक रुपमा समुन्त बनाउन एउटा बलियो इकोसिष्टम बनाउनुपर्ने अवस्था रहेको छ । त्यसको लागि छरिएर रहेका समुदायलाई संस्थागत गर्नुपर्दछ ।”

नेपालको आर्थिक समृद्धिको सबैभन्दा ठूलो आधार भनेको निजी क्षेत्र हो । जबसम्म हामीले निजी क्षेत्रलाई बलियो रुमा अगाडि बढाउन सकिदैनौ तबसम्म आर्थिक समृद्धिका कामहरुलाई अगाडि बढाउन नसकिने काँग्रेस उम्मेदवार आचार्यले वताए।

जवसम्म समुदाय, सरकार र बलियो निजी क्षेत्रलाई सँगसँगै लिएर जान सक्दैनौँ तब सम्म युवाहरु र जनताले खोजको कुरा पुरा गर्न सकिदैन् । त्यसको लागि हामीले काम गर्छौँ र जनताले दिएको मत र विश्वासलाई कहिल्यै पनि तलमाथि नगर्ने प्रण समेत गर्दछौँ  नेता आचार्यले भने।

बागमति प्रदेशका अर्थमन्त्री प्रभात तामाङले कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा प्रधानमन्त्री पद सम्हालेको तीन महिनाभित्र प्रधानमन्त्री कार्यालयमा सुशासन केन्द्र अर्थात गभर्नेन्स ल्याब र प्रत्येक मन्त्रालयमा सुशासन इकाई अर्थात गभर्नेन्स युनिट गठन गर्ने प्रतिज्ञा गरेको  वताए।

प्रतिज्ञा पत्रमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिने अवरोधहरुलाई फास्टट्र्याकमा हटाउन र मन्त्रालय धाउने समयमा काम हुने सुनिश्चित गर्न यो ब्यवस्था गराउने प्रतिज्ञा कांग्रेसले गरेको उनले वताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)