आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुझबुझ सहित मतदान गर्न काँग्रेस सभापति थापाको आब्हान {भिडियो}


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • 141
    SHARES

काठमाडौँ- नेपाली काँग्रेस सभापति गगन कुमार थापाले मतदान गर्नु भएको छ ।  सभापति गगन कुमार थापा काठमाडौँ मैतीदेवी मन्दिर स्थित मतदान केन्द्रमा पुगी मतदान गर्नु भएको हो ।

सभपति थापा यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताउनुभयो ।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उहाँले भन्नुभयो, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)