आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेवाग्राहीसँग घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ८, २०८३
  • 53
    SHARES

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागिएको भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो। सोही क्रममा भट्टराईलाई २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)