आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह (भिडियो)


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०८२
  • 329
    SHARES

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।

यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा औंल्याए ।

‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ । मोटरसाइकल चढेर हिंड्नेदेखि दुध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,’ उनले भने,‘सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ ।’

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उनले यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताए ।

‘यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ । यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समय सम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ,’ उनले भने ।

महामन्त्री पौडेलले वैकल्पिक उर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत समेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भैरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गरे ।

‘वैकल्पिक उर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ । यस्तै वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भने ।

पेट्रोलमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सक्नुपर्ने भन्दै उनले बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे ।

‘कालोबजारी हुन नदिने उपभोग्य सामग्री संग्रह गरेर राख्ने र उपभोक्तालाई दुःख दिने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न सरकारले सक्नुपर्छ,’ उनले भने ।

आफूले सुझाएका सतर्कताका उपाय अपनाउन सकिएमा अप्ठ्यारो अवस्थामा पनि जनवीवन सामान्य हुन सक्ने उनले बताए ।

‘सम्भाव्य अप्ठ्याराहरु अनुमान गरेर जनजीवन सामान्य बनाउनका निम्ति कार्यक्रम तय गरेर कार्यान्वयन गर्न म सरकारलाई विनम्र अनुरोध गर्न चाहन्छु,’ महामन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)