काठमाडौँ – क्यार्यो कुन्नि तानसेन बजारले” गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय सङ्गीतकार विकाश चौधरीले आफ्नो सङ्गीतले राम लामा अविनाशीका शब्दहरूलाई बेरेका छन् । जादुमय स्वरका धनी गायक द्वय विशाल राई र ममता गुरुङले उक्त गीतलाई प्राण प्रतिष्ठा गरिदिएका छन् भने रेकर्डिङ ए लेबल रेकर्डिङ स्टुडियोमा भएको हो । पाल्पाको तानसेन बजारलाई नयाँ पर्यटकीय गन्तव्यको सम्भावना अध्ययन गर्न काठमाडौँबाट गएका कर्मचारी त्यहाँको सुन्दर बजारकी सुन्दर युवती सँग माया प्रेममा परेको कथालाई निर्देशक कृष्ण पौडेल कुशलतापूर्वक प्रस्तुत गर्न सफल भएका छन् ।
हाल सर्वाधिक रुचाइएकी मोडेल बिना राउत र सुमन दियालीको बेजोड अभिनय रहेको यो गीतलाई आर डी दुलालले आफ्नो क्यामरामा कैद गरेका हुन । एडिटिङ र ड्रोनमा सुरेश काफ्ले रहेका छन् भने डा सुरेन्द्र गैरेको विशेष अभिनय रहेको छ । राम गुरुङले नृत्य निर्देशन गरेको यो सुन्दर गीतका निर्माता अमेरिका निवासी साहित्यकार एवम् व्यवसायी राम लामा अविनाशी रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
