आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०८३
  • 42
    SHARES

काठमाडाैँ –  धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ। शनिबार धनगढी पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयको टोलीले आइतबार डा. केसी पक्षसँग वार्ता सुरु गरेको हो।

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल सहभागी छन्। साथै, रास्वपा सांसद पुकार बम पनि सरकारी वार्ता टोलीमा सहभागी छन्।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार अहिले दुवै पक्षबीच वार्ता जारी छ। केसी पक्षबाट जैसीसहित अर्का एक जना वार्तामा सहभागी छन्।

डा. केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा सहमति जुटाउने उद्देश्यले सरकार र केसी पक्षबीच छलफल भइरहेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)