सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेकुस्थित सुकुम्बासी बस्तीका अनधिकृत संरचनामा डोजर परिचालन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १८, २०८३
  • 193
    SHARES

काठमाडौं। काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको छ ।

 

 

टेकु र त्रिपुरेश्वरको सीमानामा पर्ने वागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो ।

नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने अभियानको दोस्रो चरणअन्तर्गत काठमाडौं महानगरपालिका र सम्बन्धित निकायले यी संरचनाहरू भत्काउन शुरु गरेका हुन् ।

नदी तटीय क्षेत्रको संरक्षण र शहरी सौन्दर्यीकरणका लागि अनधिकृत रूपमा निर्माण गरिएका टहराहरू हटाउने कार्यलाई तिब्रता दिइएको छ । यसअघि पहिलो चरणको अभियानअन्तर्गत मनोहरा, थापाथली र गैरीधारा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए ।

सोही कार्ययोजनालाई निरन्तरता दिँदै अहिले टेकु र आसपासका क्षेत्रमा रहेका संरचनाहरूमाथि कारबाही अगाडि बढाइएको हो ।

बस्ती हटाउने क्रममा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सरकारी जग्गा र नदी किनार मिचेर बनाइएका संरचनाहरूलाई पूर्ण रूपमा हटाउने लक्ष्य राखिएको छ ।– न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)